नियम १३७
विवाद समाधान सम्बन्धी संयन्त्र
खरिद सम्झौतामा सो सम्झौता कार्यान्वयनको
क्रममा स्थानीय निकाय र सम्झौता प्राप्त गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनी बीच
कुनै विवाद उत्पन्न भएमा सो विवाद समाधान गर्ने संयन्त्र सम्झौतामा उल्लेख गर्न
सकिनेछ । विवाद समाधान गर्ने संयन्त्र उल्लेख गर्दा दशकरोड रुपैया“सम्म सम्झौता
मूल्य भएको खरिद सम्झौताको विवादको समाधान निर्णयकर्ता (एडजुडिकेटर) द्वारा र
बढी सम्झौता मूल्य भएको खरिद सम्झौताको विवादको समाधान तीन सदस्यीय
विवाद समाधान समिति (डिस्प्यूट एड्जुडिकेशन वोर्डं) द्वारा गर्नु पर्ने कुरा उल्लेख गर्न
सकिनेछ । निर्णयकर्ताको नियुक्ति र विवाद समाधान समितिको गठन तथा काम,
कर्तव्य र अधिकार सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।